काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
जनता समाजवादी पार्टीले असार ३२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै रिट हालेका हुन् ।
रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
संविधानको धारा १०० अनुसार समर्थन फिर्ता भएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था रहेको जनाउँदै, त्यसको पालना नभएको दाबी गरिएको छ ।
Artha Sanjal






