प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

जनता समाजवादी पार्टीले असार ३२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै रिट हालेका हुन् ।

रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा १०० अनुसार समर्थन फिर्ता भएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था रहेको जनाउँदै, त्यसको पालना नभएको दाबी गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *