चीन–भारत व्यापार सम्झौता अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र हुँदै चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको तीव्र विरोध गर्दै नेपालका सबै राजनीतिक दललाई एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले सो सम्झौतामार्फत नेपालको भूमि प्रयोग गरिनु आपत्तिजनक र अस्वीकार्य रहेको बताए ।

‘हाम्रो भूमिको बारेमा सम्झौता भएको पढ्यौं, सुन्यौं,’ उनले भने, ‘नेपाली कांग्रेस हाम्रा दुई छिमेकीले देखाएको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ, अस्वीकार्य छ।’

महामन्त्री थापाले नेपाल सरकारलाई समेट्ने पहलको स्वागत गर्दै विषयलाई राष्ट्रिय एजेन्डा बनाउँदै अघि बढ्न आग्रह गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *