नाडा अटो शो प्रदर्शनी मात्र होइन, व्यवसायीको थलो हो : अध्यक्ष चौधरी

काठमाडाैं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले नाडा अटो शो केवल प्रदर्शनी नभई अटो व्यवसायीहरूको काम गर्ने थलो भएको बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, “अटो शो प्रदर्शनी मात्र होइन, व्यवसायीको काम गर्ने थलो हो।

नेपालबाट बिक्री हुने ४० प्रतिशत सवारी साधन बिक्री यही थलोबाट हुन्छ,’ चाैधरीले भने, ‘नाडनले देशमा १० लाख प्रत्यक्ष रोजगारी दिएको छ।’

उनले नाडाले अटो व्यवसायीलाई आत्मबल बढाउनुका साथै सल्लाह सुझाव पनि दिएको बताए। ‘देशमा युवा शक्ति पलायन भए भनेर धेरैले भनिरहेको बेला नाडाले युवाहरुलाइ रोजगार पनि दिने छाैँ। अहिले युवा बाहिर गाएका छन् भन्ने एउटा बाहाना मात्र भएको छ,’ उनले भने, ‘१७औँ संस्करणमा आइपुग्दा केही नयाँ देखाउनका लागि ह्युमन रोबर्ट प्रदर्शनमा राखेका छाैँ।’

युरो ५ र ६ जसरी लागू भयो यो एकदम सकारात्मक भएको बताउँदै उनले यसका लागि केही समय सरकारले व्यवसायीलाई दिनुपर्ने तर्क राखे।

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *