नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।

बैंकका उप प्रबन्धक कृष्ण दवाडीका अनुसार पौडेलेले आइतबारदेखि नै सीईओकाे कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ पौडेल भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. २ तिवारी भञ्ज्याङ निवासी हुन् ।

यसअघि बैंकका सीईओ रहेका विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *