काठमाडौं । आज शेयर सामान्य घटेको छ । नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा बन्द भएको छ ।
आज ३२१ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फन्डका इकाईधनीले ४.३२ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.४८ प्रतिशतका दरले गुमाएका छन् ।






