कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन आज संसद्‌मा पेस नहुने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिबारे गठन गरिएको विशेष छानबिन समितिको प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस नहुने भएको छ ।

सभामुख, संसद् सचिवालय र समितिकाअनुसार सहमति नभएकाले प्रतिवेदन संसद्मा पेस नहुने भएको हो ।

समितिमा ‘कुलिङ पिरियड’ प्रावधान निष्क्रिय हुने भाषा कसको जिम्मेवारीमा पर्‍यो भन्ने विषयमा मतभेद देखिएको छ । प्रतिपक्षले राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर गर्दै कारबाहीको माग गरिरहेको छ भने सत्तापक्षले कर्मचारीको भूमिकालाई प्राथमिकता दिएको छ ।

छानबिन समितिले सभापति रामहरि खतिवडा, तत्कालीन सचिव सुरजकुमार दुरासहित उच्च अधिकारीहरूबाट सोधपुछ गरिसकेको छ। प्रतिवेदन परिभाषित जिम्मेवारी र परोक्ष भूमिकामा छुट्ट्याएर लेखिँदैछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *