५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षहरुमा प्रदान गरिएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र/डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *