ज्ञानेन्द्र शाह असली राजा होइनन्: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन्। आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई दरवार हत्याकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए।

वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ। उनले २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभुवन भागेर भारत गएको भन्दै त्यही बेला अग्रजहरूले राजाबाहेक अरुमा सम्झौता गर्छौँ भनेको भए ठिक हुने टिप्पणी गरे।

त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको उनले बताए।

उनले भने, ‘दरबार हत्याकाण्ड भनेको सानो कुरा होरु त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजै होइन। राजा मारियो, रानी मारिए, युवराज मारिए। यता उता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *