इन्फिनिक्स स्मार्टफोनमा अब १८ महिना वारेन्टी, १०० दिनभित्र निःशुल्क स्क्रिन फेर्न पाइने

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालका ग्राहकका लागि नयाँ दुई अफर सार्वजनिक गरेको छ । कम्पनीले अब आफ्ना सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट गरिएका मोडेलहरूमा एकपटक निःशुल्क स्क्रिन फेर्ने सुविधा दिने अफर सार्वजनिक गरेको हो ।

अबदेखि इन्फिनिक्सका सबै नयाँ उपकरणमा १८ महिनाको विस्तारित वारेन्टी लागु हुने कम्पनीले जनाएको छ । वारेन्टी विस्तारसँगै कम्पनीले ‘एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट’ अफर पनि ल्याएको छ । यो सुविधा हट ५०आई, स्मार्ट१०, स्मार्ट१० प्लस, जीटी२० प्रो, जीटी३० प्रो र नोट ५०एक्स लगायत नयाँ मोडेलमा उपलब्ध हुनेछ ।

ग्राहकले फोन एक्टिभेट गरेको १ सय दिनभित्र एक पटकका लागि कुनै आकस्मिक क्षति भएमा स्क्रिन निःशुल्क फेर्न सक्नेछन् । यो योजना १७ असारदेखि १४ कात्तिाक २०८२ सम्म खरिद गरिएका फोनहरूमा लागु हुनेछ ।

यसका साथै इन्फिनिक्सले आफ्ना स्मार्टफोनमा ‘ब्यान्ड २०’ कनेक्टिभिटीलाई निरन्तरता दिएको जानकारी दिएको छ । यो प्रविधिले नेपालका उच्च भूभाग तथा कमजोर सिग्नल भएका क्षेत्रमा समेत भरपर्दो नेटवर्क र स्थिर मोबाइल डाटा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *