घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *