काठमाडौँ। प्रधानमन्त्री केपीशर्मा ओलीले तलब खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने कुरा महत्त्वपूर्ण भएको बताएका छन्।
सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूका उत्पादन हेरिरहेको भन्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताले मुलुकलाई समृद्धीको बाटोमा लैजाने बताए।
‘कसैले तलब खोज्छन्, तर उहाँहरूले रोजगारी सिर्जना गर्नु भएको छ, ‘उत्पादन बढाउनु भएको छ।सबैलाई उद्यम र सृजनशीलताका लागि शुभकामना ।’ उनले लेखेका छन्।
Artha Sanjal





