विश्व आर्थिक वृद्धि ३ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि दर ३ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण यसअघिको अप्रिलमा गरिएको अनुमानभन्दा ०.२ प्रतिशतले उच्च हो। आईएमएफले हालै सार्वजनिक गरेको अद्यावधिक प्रतिवेदनमा विश्वव्यापी व्यापारको विकासले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्दै लगेकाले वृद्धि दरमा सुधार देखिएको उल्लेख गरिएको छ।

आईएमएफका अनुसार, सन् २०२५ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतको दरबाट बढेर ३ प्रतिशत पुग्नेछ भने सन् २०२६ को प्रक्षेपण पनि ३ प्रतिशतबाट बढेर ३.१ प्रतिशतमा परिमार्जन गरिएको छ। उदीयमान बजार र विकासशील मुलुकहरूको वृद्धि दर अप्रिलको अनुमानभन्दा ०.४ प्रतिशतले वृद्धि भई ४.१ प्रतिशत हुने अपेक्षा गरिएको छ। उता, विकसित मुलुकहरूको वृद्धि दर १.४ प्रतिशतबाट सुधार भएर १.५ प्रतिशतमा पुगेको छ।

आईएमएफले विशेष रूपमा अमेरिका, युरो क्षेत्र, जापान, बेलायत, क्यानडा, चीन, भारत, ब्राजिल, मेक्सिको, साउदी अरेबिया र नाइजेरियाजस्ता प्रमुख अर्थतन्त्रहरूको वृद्धिदर माथि उक्लिने आँकलन गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *