नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने योजना बनाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गरी पूँजीवृद्धि गर्ने र आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पूँजी २६ अर्ब भन्दा बढी कायम गर्नु पर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने र त्यस प्रयोजनको लागि कम्पनी ऐन २०६३ को दफा ५६ (१) र दफा ८३ (क) अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *