घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ४० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज अर्थात बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *