३ एजुकेसनल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिनाअनुमति सञ्चालनमा रहेका ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना गरेको छ।

मंगलबार गरिएको नियमित बजार अनुगमनको क्रममा ती कन्सल्टेन्सीहरूले शिक्षा मन्त्रालयको अनुमति नलिई सञ्चालन गरिरहेको पाइएपछि विभागले कारबाही स्वरूप कुल १ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो।

विभागले काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौं– १४ को प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमनका क्रममा ती एजुकेसनल कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको इजाजत नलिई सञ्चालन गरेको पाइएपछि विभागले उक्त जरिबाना तिराएको जनाएको छ ।

यस्तै विभागले ३ वटा कन्सलटेन्सीलाई कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने अरू ९ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।

एजुकेसनल कन्सल्टेन्सीहरूले उपभोक्ता ठगेको उजुरीपछि १ साउनबाट विभागले अनुगमन सुरु गरेको थियो ।

अनुगमनका क्रममा ७० प्रतिशत कन्सल्टेन्सीहरू बिनादर्ता सञ्चालनमा रहेको, शिक्षा मन्त्रालयबाट इजाजत नलिई अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *