नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘स्ट्यान्ट इएमआइ’ सुविधा

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलो पटक ‘पिएसओ मेसिन’ मार्फत भुक्तानी गर्दा ‘स्ट्यान्ट इएमआइ’ सुविधा ल्याएको छ ।

ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक ‘एनआइएमबी पिएसओ मसिन’ मार्फत भुक्तानी गर्दा ‘स्ट्यान्ट इएमआइ’ सुविधा सुरु गरेको छ।

अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआइएमबी पिएसओ मसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधा ग्राहकवर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुनेछ।

बैंकले ‘स्ट्यान्ट इएमआइ’ सुविधा सुरु गर्नुको उद्देश्य ग्राहकवर्गहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको जनाएको छ ।

यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकवर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ। सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ।

बैंकले हाल २७५ शाखा, २६५ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *