ठगिएका सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गराउन देउवाको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरुको रकम यथाशीघ्र फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले कतिपय सहकारी सञ्चालकहरुबाट ठगिएका वचतकर्ताहरुको रकम यथाशीघ्र फिर्ता गराउन र रकम फिर्ताका लागि प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराए।

वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली कांग्रेसले सरकारलाई दबाब दिँदै आएको उनले बताए।

मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याई जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली कांग्रेस कटिबद्ध रहेको उनको भनाइ थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *