नेपालमा पहिलोपटक भैंसी मासु उद्योगमा विदेशी लगानी

काठमनडाैं । नेपालमा पहिलोपटक ठूलो मात्रामा भैंसी मासु प्रशोधन तथा वधशाला स्थापनामा वैदेशिक लगानी भित्रिन लागेको छ। चीनको चेङ्दु जियान फुड कम्पनी लिमिटेडले सिन्धुलीको मरिणमा २० अर्ब रुपैयाँबराबरको लगानीमा अत्याधुनिक मासु उद्योग स्थापना गर्ने प्रस्ताव गरेको छ।

उद्योग विभागले साउन ८ गते नै लगानी स्वीकृति दिएको छ। विभागका महानिर्देशक राजेश्वर ज्ञवालीका अनुसार, पशुपालन र मासु उद्योग क्षेत्रमा यो हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी हो, जसले निर्यात अभिवृद्धि र रोजगारी सृजनामा ठूलो योगदान गर्नेछ।

कम्पनीले अत्याधुनिक प्रविधिबाट मासु प्रशोधन गरी नेपाल र चीन दुबै देशमा आपूर्ति गर्ने लक्ष्य लिएको छ। यस उद्योगमा २ लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहउत्पादन (छाला, हड्डी, आन्द्रा आदि) उत्पादन गर्ने क्षमता रहनेछ। उद्योगले ५ हजार १५६ जनालाई प्रत्यक्ष र हजारौंलाई अप्रत्यक्ष रोजगारी दिनेछ। स्थानीय किसानलाई भैंसीपालनतर्फ आकर्षित गर्ने र ग्रामीण अर्थतन्त्रमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको चीन भ्रमण (मंसिर २०८१) का क्रममा भएको ‘थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात’ सम्झौता अनुसार नै यो लगानी स्वीकृत भएको हो। ओलीका अनुसार, “यो उद्योगले डेढ खर्ब रुपैयाँबराबरको मासु चीन निर्यात गर्नेछ र नेपालमा पशुपालन क्षेत्रको आधुनिकतामा क्रान्ति ल्याउनेछ।”

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *