एनपीएलमा सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मार्भल टेक्नोप्लास्ट प्रालिलाई एक्सिलेन्स पार्टनर घोषणा गरेको छ । उत्कृष्टताप्रति प्रतिबद्ध ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको कम्पनीले जनाएको छ ।

एनपीएलको यस सिजनलाई सफल बनाउने लक्ष्यसाथ अघि बढ्ने र आगामी सिजनमा पनि आपसी समझदारीका आधारमा साझेदारीलाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।

‘हामी नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । क्रिकेटले नेपालभरि लाखौं मानिसलाई जोड्ने र प्रेरित गर्ने काम गरेको छ । नयाँ प्रतिभालाई साथ दिन र नेपालको खेलप्रेमी समुदायसँग अझ गहिरो सम्बन्ध स्थापित गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो,’ मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले भने, ‘हामी यस सिजनमा उत्साहपूर्ण खेल प्रदर्शनको प्रतीक्षा गर्दैछौं, साथै रोयल्सलाई मैदानभित्र र बाहिर सफलताको शुभकामना व्यक्त गर्दछौं ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मार्भल टेक्नोप्लास्टले विगतदेखि नै क्रिकेटलाई निरन्तर साथ दिँदै आएको बताए ।

‘मार्भलजस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रा लागि सम्मानको विषय हो । मार्भलको यो सहभागिताले एनपीएललाई अझ उचाइमा लैजाने र थप व्यावसायिक संस्थालाई खेल क्षेत्रमा लगानी गर्न प्रेरणा दिने छ,’ उनले भने, ‘नेपालको नम्बर एक पाइप कम्पनी मार्भल टेक्नोप्लास्ट र ठूलो समर्थक समुदाय भएको हाम्रो फ्रेन्चाइजबीचको यो सहकार्य निकै उपयुक्त भएको छ। एनपीएल मार्फत हामी मार्भल ब्रान्डलाई अझ उचाइमा लैजान प्रतिबद्ध छौं ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *