नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छ: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरू गर्न जरुरी रहेको बताएका छन्। वीर अस्पतालको १३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रमा सुधार भए पनि पूर्ण रूपमा सुधार नभएको बताए।

उनले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई सरकारले उपलब्ध गराइदिनुपर्ने बताए। आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरूको विकास पूर्ण ढंगबाट गर्न नसकेको स्वीकार गरे। पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरूको विकास गर्न थप लगानी जरुरी रहेको बताए। स्वास्थ्य यस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने उनको भनाइ थियो।

मन्त्री पौडेलले अस्पताल सुधारका निम्ति योजनाबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए। आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयले उपलब्ध गराउने पनि प्रतिबद्धता जनाए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *