धितोपत्र बजार सुदृढ गर्न सेबोनको सात बुँदे योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालू आर्थिक वर्ष २०८२/८३ का लागि सात बुँदे रणनीति सार्वजनिक गरेको छ ।

धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधारका लागि यो रणनीति ल्याइएको बोर्डले जनाएको छ ।

बोर्डको यस रणनीतिको प्रमुख प्राथमिकता कानुनी संरचनालाई थप सुदृढ बनाउनु हो । बजारमा हुने अवैध गतिविधि र दुरुपयोग नियन्त्रण गर्नका लागि प्रभावकारी नियमन प्रणाली लागू गरिने सेबोनले बताएको छ।

त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि बोर्डले व्यक्त गरेको छ।

रणनीतिमा धितोपत्र बजारमा विविधता ल्याउन विशेष जोड दिइएको छ।

नयाँ वित्तीय उपकरणहरूको विकास र विस्तार गरी बजारलाई बहुआयामिक बनाउने लक्ष्य राखिएको छ। यसका साथै, बोर्डले प्रणालीगत जोखिम न्यूनीकरण गर्दै लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने र यसबाट बजारप्रतिको जनविश्वास बढाउने प्रयास गर्नेछ।

बोर्डले सूचना प्रविधिको प्रयोगलाई सशक्त र प्रभावकारी बनाउने नीति लिएको छ । सेबोन र बजार सम्बन्धित पूर्वाधारमा लगानी गरिनेछ, जसले बजारको कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *