सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ

मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा किनबेच भएको थियो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *