प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ। सो सेसनमा २.५६ अंक बढेर २९७६.२६ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ८४ स्टकको १९१ पटकको कारोबारमा १ कराड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ ७० पैसाबराबरको २६ हजार ९८९ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ५४ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *