अबदेखि खातामा पैसा भए मात्र शेयर किन्न मिल्ने

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले अबदेखि बैंक खातामा पैसा भएमात्र दोस्रो बजारबाट शेयर किन्न मिल्ने व्यवस्था गर्ने भएको छ ।

बोर्डले आर्थिक वर्ष २०८२–८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएमात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

बोर्डले आईपीओ भर्नेबित्तिकै भेरिफाइ हुने व्यवस्था गर्ने घोषणा पनि गरेको छ ।  ‘धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङबाट एपीआई लिई आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन भई आवेदन रकम रोक्का हुने तथा सोहीअनुसार धितोपत्र बाँडफाँट पश्चात् फुकुवा हुने व्यवस्था गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा सहज रूपमा धितोपत्र कारोबार गर्ने व्यवस्था पनि मिलाइने  बोर्डले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *