गत आर्थिक वर्षमा १८ खर्बको वस्तु आयात, २ खर्ब ७७ अर्ब निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९.२४ प्रतिशत बढेको छ । सो आर्थिक वर्ष नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१.८० प्रतिशत बढेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *