काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरुले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन्।
बैंकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्ना–भिन्नै सम्झौता गरेको हो।
यस सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी/इसीजी, सिटी स्क्यान/एमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयू/एनआईसीयू/पिआईसीयूमा ५ प्रतिशत छुट पाउने छन्।
साथै, सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकहरुले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजी/इसीजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आईसीयू/एनआईसीयू/पिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सिटी स्क्यान/एमआरआईमा ७५० रुपैयाँसम्म छुट पाउने छन्।
यो विशेष छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर काठमाडौँ उपत्यकालगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ।






