करेन्ट नुडल्सको नयाँ स्वाद अब काठमाडौंमा : अनामनगरमा करेन्ट पोइन्ट सञ्चालनमा

काठमाडाैं। बुटवलमा अपार सफलता पाएपछि लोकप्रिय ब्रान्ड ‘करेन्ट नुडल्स’ले आफ्नो आउटलेट ‘करेन्ट पोइन्ट’को दोस्रो शाखा काठमाडौंको अनामनगरमा विस्तार गरेको छ।

यशोदा फुड्स प्रा.लि.द्वारा सञ्चालित करेन्ट पोइन्ट शुक्रबार अभिनेत्री तथा ब्रान्ड एम्बेसडर केकी अधिकारीको उपस्थितिमा भव्य रूपमा उद्घाटन गरिएको हो। सिंहदरबारको विपरित दिशामा, न्यू प्लाजा जाने मार्गमा रहेको यो आउटलेटमा नयाँ स्वादका नुडल्स प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रममा यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले करेन्ट पोइन्टको काठमाडौं शाखा विस्तार गर्नुको उद्देश्यबारे जानकारी दिँदै भने, “बुटवलमा पाएको सफलताले हामीलाई यहाँ ल्यायो। करेन्ट चाउचाउका चट्पटा परिकारहरू काठमाडौंवासीका लागि नयाँ स्वादको अनुभव बनुन् भन्ने हाम्रो लक्ष्य हो।”

यसै अवसरमा कम्पनीका ग्लोबल सि.इ.ओ. जीपी शाहले करेन्ट ब्रान्डअन्तर्गतका नुडल्स र स्न्याक्सका विभिन्न उत्पादनबारे मिडियालाई विस्तृत जानकारी दिए। उनका अनुसार करेन्ट पोइन्टमा ग्राहकहरूले नुडल्सका नयाँ परिकारहरूको स्वाद लिन सक्नेछन्, जुन उनीहरूले पहिले चाखेका नहुन सक्छन्। ग्राहकले आफूलाई मनपर्ने मसला र स्वाद अनुसार परिकार रोज्न पनि सक्नेछन्।

सन् २०१७ मा स्थापित यसोदा फुड्स नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ निर्माता कम्पनी हो, जसले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न चाउचाउ र खाजाहरू उत्पादन गर्छ। कम्पनीका उत्पादनहरू नेपालभरिका साथै २२ देशमा निर्यात हुँदै आएका छन्।

नयाँ स्वाद, नयाँ स्थान, र युवा पुस्तालाई लक्षित नयाँ अनुभवसहित करेन्ट पोइन्टले राजधानीका स्वाद पारखीहरूलाई चट्पटा अनुभूतिको नयाँ गन्तव्य दिने विश्वास लिइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *