काठमाडौं । गौरीघाट–गुह्येश्वरी क्षेत्रमा बागमती नदीले जलसतह सतर्कता तह पार गरेको छ । गएराति १२ बजे आसपासदेखि निरन्तर पानी परेपछि बागमती नदीले बिहान २ बजे सतर्कता तह पार गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरूको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरेको छ ।
यसैगरी रुद्रमती ९धोबीखोला० को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको महाशाखाले जनाएको छ ।
राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन सबैलाई आग्रह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए ।
Artha Sanjal






