काठमाडौं । रसुवाको धुन्चे–स्याफ्रुबेसी सडक पहिरोले अवरुद्ध भएको छ ।
ठूलो भार्खु भन्ने स्थानमा पहिरो गएपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ । तर, पहिरो झरिरहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
मंगलबार तिब्बत हुँदै बग्ने भोटेकोशी नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध छ । बाढीमा परी ९ जनाको शव भेटिएको छ भने १९ जना अझै बेपत्ता छन् । बाढीले रसुवामा पुल, सडक, भन्सार कार्यालयमा क्षति पु¥याएको छ भने मालवाहक र साना सवारी साधन समेत बगाएको छ ।
सडकमार्गमा क्षति पुगेकाले राहत तथा उद्धार कार्यमा कठिनाइ भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
Artha Sanjal






