काठमाडौं । सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर छिन् ।
उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् ।
असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।
Artha Sanjal






