काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र हरिप्रसाद फुयालको संयुक्त इजलासमा अन्तरिम आदेशका लागि सुनुवाइ भएको हो ।
अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गएको जेठ १३ गते पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको थियो ।
पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैर कानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग गरिएको छ ।
Artha Sanjal






