सभामुख घिमिरेले भने-‘निजामति विधेयकमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउँछ’

काठमाडौँ । सभामुख देवराज घिमिरेले निजामति विधेयकको कुलिङ पिरियडमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउने बताएका छन्। प्रतिनिधिसभाबाट पास भइसकेको विषय राष्ट्रिय सभाबाट सच्याएर अगाडि बढिने उनको भनाइ छ।

कुलिङ पिरियडका विषयमा आफ्नो सचिवालयलाई हेर्नका लागि निर्देशनसमेत घिमिरेले दिइसकेको बताएका छन्। ‘नियतवस काम गरेको भए के गर्ने हो त्यो हुन्छ। आवश्यक ध्यानमात्र नपुगेको भए ध्यान दिनुपर्छ’, उनले भने, ‘मैले सचिवालयलाई यस विषयमा हेर्न निर्देश गरिसकेको छु।’

प्रतिनिधिसभाबाट पास भएको निजामति विधेयकमा कुलिङ पिरियड दुई वर्ष राखिएकोमा त्यसमा जालझेल हुँदा उक्त कुलिङ पिरियड हटाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *