सार्वजनिक विद्यालयमा बालविकास शिक्षा २ वर्षे बनाउनेमा सहमति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।

सोही अनुसार समिति सदस्यहरूले उक्त विषयमा सहमति गरेका हुन् ।

बाल विकास शिक्षाको विषयमा जुटेको सहमति

१. स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ । ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्नेछ ।

२. स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ ।

३. कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउनेछैन ।

४. हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *