काठमाडाैं । एसईई २०८१/८२ को नतिजा अब मोबाइलमार्फत सहज रूपमा प्राप्त गर्न मिल्ने भएको छ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्ड (NEB)सँगको साझेदारीमा नतिजा मोबाइलमै उपलब्ध गराउने सेवा पुनः सुरु गरेको छ ।
नतिजा सार्वजनिक हुने दिनमा वेबसाइट सुस्त हुने, सर्वर डाउन हुने वा इन्टरनेट नचलेर विद्यार्थी तनावमा पर्ने समस्या बारम्बार देखिँदै आएको छ। यस्ता समस्या समाधान गर्न स्प्यारो एसएमएसले साधारण मोबाइल एसएमएस प्रणालीमार्फत नतिजा पाउन सक्ने सेवा सुरु गरेको हो । यो सेवा देशका कुनै पनि स्थानमा, कुनै पनि मोबाइल फोन प्रयोग गरेर लिन सकिने छ ।
विद्यार्थीले SEE टाइप गरेर एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३५००१ मा पठाएपछि तुरुन्तै एसएमएसमार्फत नतिजा प्राप्त गर्न सक्नेछन् । उदाहरणका लागिऔ-म्यासेज बक्समा SEE 12345678A लेखी ३५००१ मा पठाउनुहोस्।
स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने, “नतिजा सार्वजनिक हुने दिन विद्यार्थी र अभिभावक दुवैका लागि अत्यन्त संवेदनशील समय हो। यस्तो बेलामा वेबसाइट समस्या आउने समस्याबाट बचाउन हामीले एसएमएसमार्फत नतिजा उपलब्ध गराउने विश्वसनीय सेवा उपलब्ध गराएका छौँ ।”
उनले थपे, “छिटो, भरपर्दो र सहज माध्यममार्फत नतिजा प्राप्त गर्ने हाम्रो प्रयासले विद्यार्थीलगायत सम्पूर्ण अभिभावकसमेत लाभान्वित हुनेछन्। हामी विद्यार्थीहरूलाई उनीहरूको भविष्यसँग जोड्ने एउटा भरपर्दो माध्यम बन्ने प्रयासमा छौँ ।”
राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक एसएमएस पार्टनरको रूपमा, स्प्यारो एसएमएसले सेवा गुणस्तरमा कुनै सम्झौता नगरी, विश्वसनीयता कायम राख्दै आएको छ ।






