अमेरिकाले खसाल्यो इरानका तीन आणविक साइटमा बम, ट्रम्प भन्छन्,-‘सफल आक्रमण’

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेका तीन न्युक्लियर साइटहरुमा बम खसालेर ध्वस्त बनाएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै अमेरिकाले इरानको आणविक भट्टीमा सफल आक्रमण गरेको दावि गरेका छन्।

ट्रम्पले इरानको फोर्दो सहित अन्य आणविक स्थलहरूमा बम आक्रमण गरेको बताए। ट्रम्पले ती आक्रमणलाई ‘धेरै सफल’ भन्दै फोर्दोमा रहेको इरानको मुख्य यूरेनियम प्रशोधन केन्द्र ‘पूर्ण भार क्षमताका बम खसालिएको’ जानकारी दिए।

इरानी सरकारी सञ्चारमाध्यमले फोर्दो साइटको केही भागमा ‘शत्रु पक्षका आक्रमणबाट क्षति पुगेको’ जानकारी दिएको छ।

ट्रम्पले सामाजिक सञ्जालमा भने ‘हामीले इरानमा रहेका तीन न्यूक्लियर साइटहरुमा सफल आक्रमण पुरा गरेका छौं।, जसमा फोर्डो, नातान्ज र एस्फान समावेश छन्।’ उनले सबै बिमानहरुले अहिले इरान छोडीसकेको समेत बताए। उनले भने ‘सबै विमानहरु हाल इरानको हवाई क्षेत्र बाहिर छन्। मुख्य साइट फोर्डोमा पूर्ण भारको बमहरु खसालिएको छ। सबै विमानहरु सुरक्षित रुपमा घर फरक्ने बाटोमा छन्।’ उनले अगाडी थपे ‘हाम्रा महान अमेरिकी योद्धाहरुलाई बधाई, विश्वमा कुनै अर्को सेनाले यो गर्न सक्दैन्।’ उनले अब शान्तिको समय आएको बताए।

ट्रम्पले अमेरिकी समयअनुसार राति १० बजे (नेपाली समय अनुसार ७:४५ बजे बिहान) व्हाइट हाउसबाट टेलिभिजनमार्फत सम्बोधन गर्ने तयारी गरेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *