निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *