नेशनल लाइफको व्यतित बीमालेख नविकरणमा बिलम्ब शुल्क छुट

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा बीलम्ब शुल्क छुट हुने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा २०८२ असार ३ गतेदेखि असार २० गतेसम्म तोकिएको प्रकृया पूरा गरि नविकरण गर्दा शुल्कमा छुट हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत बिलम्ब छुट हुनेछ ।

यसैगरी २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा भने ६० प्रतिशत बिलम्ब शुल्क लाग्ने छ । साथै, अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७८ चैत १ गतेबाट २०८२ असार ३ गतेसम्म व्यतित भएका बीमालेखमा भने ७५ प्रतिशतसम्म बिलम्ब शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *