काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध मुद्दा दायर गरेको छ ।
२०५५ सालदेखि २०७९ सम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा गौतमबिरुद्द विशेष अदालतमा मुद्दा दायर भएको हो ।
उनको कुल आय २ करोड ८९ लाख रुपैयाँ देखिएकोमा घर निर्माण, जग्गा खरिद, सवारी, जनक शिक्षा सामग्रीको ऋण भुक्तान, शेयर खरिद, बैंकमार्फत् लगानी, सुन खरिद बीमालगायतमा ५ करोड ४० लाख रुपैयाँ रहेको देखिएपछि उनीविरुद्द मंगलबार मुद्दा दायर भएको हो ।
गौतमसँग साढे २ करोड रुपैयाँभन्दा बढी अवैधानिक रकम देखिएपछि अख्तियारले उक्त रकम जफतसहित ३ वर्षसम्म कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
Artha Sanjal






