विमान दुर्घटनामा ज्यान गुमाउने प्रत्येक परिवारलाई एयर इन्डियाले १ करोड दिने

काठमाडौं ।  एयर इन्डियाको  टाटा समूहलेले विमान दुर्घटनामा ज्यान गुमाउने प्रत्येक परिवारलाई  १ करोड प्रदान गर्ने घोषणा गरेको छ। विमान दुर्घटनामा परेर यात्रु तथा चालक दलका सदस्य गरी २४१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुर्घटनाग्रस्त विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो, जुन अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडिरहेको थियो। विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए।

विमानमा सवार यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडेली थिए। टाटा कम्पनीका अध्यक्ष एन चन्द्रशेखरनले समूहले घाइतेहरूको उपचार खर्च  बेहोर्ने र बीजे मेडिकलको छात्रावास पुनर्निर्माणमा सहयोग गर्ने बताएका छन्।

अहमदाबाद प्रहरीका अनुसार एक बेलायती यात्रु जीवित फेला परेका छन् र विमान नजिकै दुर्घटनाग्रस्त भएकाले केही स्थानीय बासिन्दाको पनि मृत्यु भएको हुन सक्ने बताईएको छ। विमान मेघानी नगर इलाकाको बीजे मेडिकलको डाक्टर छात्रावासमा खसेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *