सेयर बजारमा गिरावट, ५ अर्ब १६ करोड करोडको कारोबार

काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा बन्द भएको छ।

आज ३१३ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै अरुण कावेली पावरको ३६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सुपर माइ हाइड्रोका लगानीकर्ताले ८.२९ प्रतिशतका दरले कमाएका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *