माइतीघरमा यातायात व्यवसायीको आन्दोलन

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर-बानेश्वर सडकखण्डमा आन्दोलन गरेका हुन् ।

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *