बरुण हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

यसका लागि आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको हाल चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *