काठमाडौं । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे स्पष्टीकरणमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् ।
महानगर स्रोतका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । गुरागाईं हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले बतायो ।
केहीदिन अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ ।







