काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा सूचीकृत सबै संगठित संस्थाहरुलाई आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। नेप्सेले मंगलबार सूचना निकालेर सूचीकृत कम्पनीलाई आफ्नो प्रणालीमा विवरण पेस गर्न निर्देशन दिएको हो । सूचीकृत संगठित संस्थालाई कम्पनी प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक वित्तीय विवरण अद्यावधिक गर्न भनेको छ ।
‘नेप्सेमा सूचीकृत संगठित संस्थाहरुले नेप्सेले उपलब्ध गराएको एनओटीएस लगइनमार्फत प्रविष्ट सूचना तथा जानकारी नेप्सेको वेबसाइटबाट सम्प्रेषण भइरहेको र कतिपय सूचीकृत संगठित संस्थाले कम्पनी प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक वित्तीय विवरण प्रविष्ट तथा अद्यावधिक नगरेको देखिएको छ’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, ‘सूचीकृत संगठित संस्थालाई सम्पूर्ण विवरण यथाशिघ्र प्रविष्ट/अद्यावधिक गर्न अनुरोध गरिन्छ ।’







