घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजार सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । गत शुक्रबार कायम मूल्यलाई आधार मानेर नै चाँदीको खरिद बिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *