सेयर बजारमा ६२.२५ अंकको बृद्धि हुँदा १० अर्ब ५१ करोडमाथिको कारोबार

काठमाडौं । आज सेयर बजारमा हरियाली छाएकाे छ । आज नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ को विन्दुमा कायम भएको छ ।

आज ३०८ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ५१ कराेड रुपैयाँको सेयर कारोबार भएको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको सेयर किनबेच भएको छ । आज यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनी र ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *