मानुषी लघुवित्त ९३ लाख नाफामा, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ७२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ३५.७१ प्रतिशत बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा १ करोड ३३ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ करोड ७९ लाख रुपैयाँ जम्मा छ । मानुषीको प्रतिसेयर आम्दानी २.६ रुपैयाँले बढेर ११.३८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५२.३४ रुपैयाँ देखिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *