काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बेलुकी झन्डै एक घन्टा कुराकानी भएको छ। उक्त भेटमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका सम्बन्धमा समेत कुराकानी भएको छ।
सभापति देउवाले वैशाख २ गते नै नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन उपयुक्त हुने कुरा प्रधानमन्त्री ओलीलाई सुनाएपछि सहमति जुटिसकेको भए पनि गभर्नर नियुक्तिका प्रक्रिया अघि बढेको छैन।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बनेको महिनौं बितिसक्दा पनि बैठक नबसेपछि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारले उनको ठाउँमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। तर गभर्नर नियुक्ति प्रक्रियाअघि नबढेको देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन्।
देउवाले लामो समयसम्म गभर्नर खाली राख्न नहुने भन्दै यस पदका लागि डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति उपयुक्त हुने बताएपछि प्रधानमन्त्रीले सिफारिस समितिबाट नाम सिफारिस भएपछि बिहीबार (वैशाख २५) गतेको मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्त गर्ने प्रतिबद्दता जनाएका छन्।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो। सोहीअनुसार वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन्। यद्यपि, उनको राजीनामा स्वीकृत भएको छैन। कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।
प्रधानमन्त्री ओली र सभापति देउवा आफ्नो वचनबद्धतामा कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आगामी बिहीबारसम्म नयाँ गभर्नर पाउने निश्चित भएको छ। योसँगै नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर डा. गुणाकर भट्टलाई पाउने निश्चित भएको छ। राष्ट्र बैंकमा डा.भट्टको नियुक्तिलाई भट्ट






