काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र सार्वजनिक गर्दै यस्ताे बताएका हुन्।
श्वेतपत्रअनुसार २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित फागुन मसान्तसम्मको बक्यौता ४४ अर्ब ५४ करोड रहेको हो ।
जसमध्ये सरकारले दिएको कोभिड छुट, चिस्यान केन्द्र लगायतका शीर्षकमा दिएको छुट बापतको रकम मात्रै १४ अर्ब १० करोड बराबर रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यस्तै, बक्यौतामा १२ अर्ब ४९ करोड बराबर रकम नियमित तर्फको रकम रहेको पनि उल्लेख छ ।







